दशैअघि यातायात भाडा नबढ्ने
खबर एक्सप्रेस
२०७६-०५-२२ ११:०० मा प्रकाशित
Total Shares: 632
काठमाडौं - आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ ।
सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो ।
‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’
कारोबार दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस