काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुनसक्ने बुझिएको छ ।

यसअघि प्रायः सोमबार बस्ने गरेको बैठक आइतबार नै बसेको कारणले गर्दा आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुने आंकलन गरिएको हो ।

पछिल्लो केही समययताको मन्त्रिपरिषद् बैठकमा सत्तारुढ नेकपाभित्रकै विवादको कारण प्रधानमन्त्री समेत रहेका केपीशर्मा ओलीले केही कदम चाल्ने हुन् कि भनेर चासो हुने गरेको छ ।