ओली समूहको बैठकमा पुगे गृहमन्त्री बादल
खबर एक्सप्रेस
२०७७-०९-०९ ०२:३२ मा प्रकाशित
Total Shares: 492
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन् ।
बिहीबार बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी भएका हुन् । कुनै समूहको बैठकमा नगएका बादल आज ओली समूहमा गएका हुन् ।
बैठकमा सहभागी हुनुभन्दा अघि गृहमन्त्री बादल र प्रधानमन्त्री ओलीबीच करिब २ घण्टा बालुवाटारमा छलफल भएको थियो । बुधबार पनि उनीहरुबिच सकारात्मक छलफल भएको थियो । उनलाई ओली समूहको उपाध्यक्ष बनाउने सम्भावना रहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस