काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ आज चितवनमा हुन लागेको एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने भएका छन् ।

अध्यक्ष दाहाल आज (शुक्रबार) एमाले महाधिवेशनको उद्घाटनमा सहभागी नभइ काभ्रेको तालढुंगा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेको उनी निकट स्रोतले जनाएको छ ।