एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह नजाने निर्णय
खबर एक्सप्रेस
२०७८-०३-३१ ०५:०२ मा प्रकाशित
Total Shares: 409
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीकै एमाले बोलाएको संसदीय दलको बैठकमा नजाने भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले (भोलि) शुक्रबार बैठक बोलाएका छन् ।
तर, उक्त बैठकमा नेपाल समूहका सांसद एवं केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने निर्णय भएको बताए ।
पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा नेपाल समूहका सांसदलाई पनि खबर गरिएको उनको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस