पोखरा - गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन्।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

उनले पूर्वराजावादी या अरु कुनैपनि नाममा हुने हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताए ।

वर्तमान संविधान ठूलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त भएको भन्दै गृहमन्त्री लेखकले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए ।