निजी सवारी एक जिल्लाबाट अर्कोमा जान नपाउने, हिँडडुलमा खुल्ला
खबर एक्सप्रेस
२०७७-०३-०१ ०६:५० मा प्रकाशित
Total Shares: 406
काठमाडौं - सरकारले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने छ भने मोटरसाइकलमा एक जनामात्र हिँड्न पाइनेछ।
त्यस्तै सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोर-बिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ।
सरकारले मानिसको हिँडडुलमा भने कुनै रोकटोक नभएको बताएको छ।
फेसबुक पेज Like गर्नुहोस