मेयर बालेनका समर्थकहरु चार घण्टापछि रिहा
खबर एक्सप्रेस
२०८१-०६-०१ ०७:३५ मा प्रकाशित
Total Shares: 114
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक रिहा भएका छन् ।
इन्द्रजात्राको अवसरमा बालेनको फोटो र नाम लेखिएको टिसर्ट लगाएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई करिब चार घण्टा प्रहरी वृत्त जनसेवामा राखेर साँझ छोडिएको हो ।
मेयर बालेन भने जात्रामा उपस्थित थिएनन् । उनीहरुलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको दाबी छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस