संखुवासभा सामूहिक हत्याकाण्ड: थप ४ जना पक्राउ
काठमाडौं - सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ ।
यसअघि पक्राउ परेका लोकबहादुर कार्कीको बयानका आधारमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लोकबहादुरका भाइ नरेश, बुवा र अन्य दुई जना काका नाता पर्ने व्यक्ति रहेको प्रहरी स्रोतले बतायो ।
लोकबहादुरको घरमा हत्या गरिएकीमध्ये बुहारी रञ्जना कार्कीको मोबाइल बरामद भएको थियो। त्यसपछि नरेश पक्राउ परेका थिए। नरेशलाई सोधपुछका लागी भदौ ३१ मा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लोकबहादुर र नरेशको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिम गर्ने तयारी भैरहेको छ ।
संखुवासभाको मादीमा २१ भदौमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस