कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना
खबर एक्सप्रेस
२०७७-०५-३१ १०:३६ मा प्रकाशित
Total Shares: 961
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण भएपछि केहि दिनदेखि होम आईसोलेसनमा बसेका कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।
नेता शशांकको उपचारमा असपतालका मेडिकल डाइरेक्टर एवं सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस