हुलाक सेवालाई पुनः संरचनाको जरुरी छ : मन्त्री गुरूङ
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् ।
हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनसंंरचना विषयक अन्तरक्रियामा उनले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी जनताको सेवामा प्रयोग गर्नुपर्ने बताए ।
द्रुत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पुर्याउन आवश्यक रहेको भन्दै उनले इकमर्शका माध्यमबाट जनतासेवामा ध्यान केन्द्रित राख्नुपर्ने बताए ।
हुलाक सेवालाई भरपर्दो र विश्वसनीय र व्यापारमा विविधिकरण गर्न पुनःसंरचना जरुरी रहेको उनको भनाई थियो ।
फेसबुक पेज Like गर्नुहोस