काठमाडौं - सेयर बजारमा आज पनि गिरावट आएको छ। नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा गिरावट आएको छ। 

यसदिन ३३७ वटा स्क्रिप्सको  ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर ३ अर्ब ३८ करोड १३ लाख  १८ हजार २४८ रुपैयाँमा खरिदबिक्री भए। बुधबार   ४ अर्ब २ करोड बराबरको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ५९ वटा स्टक्सको मूल्य बढ्दा २०६ वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन एभरेष्ट कलर लिमिटेडको सेयर १५ प्रतिशतले बढ्दा कालिञ्चोक हाइड्रोपावरको सेयर १४.९९ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।  कर्पोरेट डेभलपमेन्ट बैंकले १५ करोडको कारोबार गर्दा रिडी पावर र  कालिञ्चोक हाइड्रोपावरले १०/१० करोडको सेयर कारोबार गरे।  १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।