काठमाडौं - बालुवाटारमा जारी ओली पक्षिय नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय केन्द्रीय कमिटीको बैठकले पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई ताेकेकाे छ ।

यसअघि पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रचण्ड प्रक्षमा लागेपछि ज्ञवालीलाई प्रवक्ता ताेकेकाे हाे । श्रेष्ठको बारेमा भने बैठकमा कुनै निर्णय गरेको छैन ।