काठमाडौ - नेपालमा कोरोना सङ्क्रमिको सङ्ख्या नाै हजार पाँच सय नाघेकाे छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नाै हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये २१४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय ३७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपालमा २३ जनाले ज्यान गुमाएका छन् । 

हालसम्म नेपालमा ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बाग्मती प्रदेशको रसुवा जिल्लामा भने हालसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।