अष्ट्रेलियामा कोरोनाका कारण थप ४९ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०२-१२ ११:०३ मा प्रकाशित
Total Shares: 264
काठमाडौं,एजेन्सी - अष्ट्रेलियामा कोरोनाका कारण थप ४९ जनाको मृत्यु भएको छ । पछिल्लो एकदिनमा २४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ८३१३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६५ हजारभन्दा बढी रहेको छ । जसमध्ये १०७ जनाको अवस्था गम्भीर रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस