काठमाडौं - स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ ।