काठमाडौं - श्रीलङ्कामा ६० घण्टे कर्फ्यु आदेश जारी गरिएको छ । कोरोना भाइरस रोकथामको लागि शुुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

संसदीय चुनाव स्थगित गरिएको भोलिपल्टै सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो ।

यसअघि राष्ट्रपति गोताबाया राजपक्षले चुनाव सार्नुको पछाडि कुनै कारण नभए पनि कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिने डरले चुनाव सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति राजपक्षले दुई तिहाइ बहुमतले संसद्मा जित्ने अपेक्षा गरेका छन्, जसले उनलाई संविधान परिवर्तन गर्ने अनुमति दिन्छ ।

श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएका र अहिले ५७ जना उपचाररत रहेका खबरमा उल्लेख छ । एजेन्सी