काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 49
काठमाडौं - नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
बैठक शुक्रबार दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको जानकारी गराएका छन् ।
बैठकमा आगामी निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस