कोरोना: इटली र स्पेनमा मृतक र संक्रमितको संख्या घट्दै
एजेन्सी - कोरोना भाइरसको कारण सबैभन्दा धेरै जनाको ज्यान गएको देश इटलीमा प्रभाव कम घट्दै गएको छ । पछिल्ला दिनहरुमा मृत्यु तथा संक्रमितको संख्या घट्नुको साथै क्रिटिकल केस पनि उल्लेखनिय मात्रामा घटेको छ ।
सोमबार इटलीमा ६ सय ३६ जनाको मृत्यु भएको थियो मंगलबार भने ६ सय ४ जनाको मात्र मृत्यु भएको छ । यस्तै १७ हजार १ सय २१ जनाको मृत्यु भएको इटलीमा पछिल्लो २४ घण्टामा ३ हजार मात्र नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी मृत्युको आधारमा प्रभावित दोस्रो मुलुक हो, स्पेन । अहिले स्पेनमा १ लाख ४१ हजार संक्रमित छन् भने १४ हजार ४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार नयाँ संक्रमित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस