काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरिरमा दुखाई बढ्दै गइरहेको बताएका छन् ।
ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा नेता पौडेललाई प्रहरीले बुधबार ३ घण्टा नियन्त्रणमा राखेर छाडेको थियो ।
'पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ ।' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन्।
‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने होरु मेरो चिन्ता यसैमा छ।’
पौडेलले आज बिहीबार बिहान पुल उद्घाटन गरिने बताएका छन् । पुल उद्घाटन विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच विवाद हुँदै आइरहेको छ ।

.gif)



