लज्जास्पद हार ब्यहोरेपछि रविन्द्र मिश्रले छाडे राजनीति
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिने निर्णय गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित दलीय राजनीतिबाट बिदा लिने निर्णय गरेका हुन् ।
आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु । राजसंस्था पुनस्र्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय ९स्वतन्त्र० रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु उनले भनेका छन् ।
मिश्रले बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट प्रतिष्पर्धा गरेका थिए । तर लज्जास्पद हार व्यहारेपछि मिश्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् । उक्त क्षेत्रमा रास्वपा उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी थिइन् भने ६ हजार ३६४ मतसहित नेपाली काँग्रेसका प्रबल थापा दोस्रो भएका थिए ।
यसअघि पनि मिश्र २०७४ र २०७९ को निर्वाचनमा समेत सो क्षेत्रबाट पराजित भएका थिए ।त्यस्तै राजसंस्था पुनस्थापना र सुशासन लगायतका मुद्दामा आफू स्वतन्त्र नागरिकको हैसियतमा रहने समेत बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस