काठमाडौं - नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ ।

कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्विटरमा भेटिएको उक्त सानो टिकटक क्लिपको विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेयससले समेत तारिफ गर्नु भएको छ ।

ट्विटमा ट्रेडोसले लेख्नुभएको छ, `स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जादैछन्, के यो न्याय होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित गर्नु ?`

उहाँले थप लेख्नुभएको छ, `यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले ।

उक्त भिडियोमा स्वास्थ्यकर्मीले खोप खोलाबाट तार्न गरेको संघर्ष छ । मनसुन सुरु भएसँगै खोला बढेको छ र तर्न पुल छैन। त्यहाँ लठ्ठीको भरमा खोप तारिएको छ ।

मुस्ताङमा मात्रै होइन देशका विभिन्न ठाउँमा मनसुन सुरु भएसँगैं खोप लगाउन स्वास्थ्यकर्मीलाई समस्या भएको छ ।

https://twitter.com/DrTedros/status/1405632083276570631

https://twitter.com/srp_dr31/status/1405138726280257541