काठमाडौं - प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

सांसद अर्यालले बर्दघाट, पाल्पा तिनाउ क्षेत्र, सिद्धार्थ नगर र कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्र समेटेर राजधानी राख्नुपर्ने, थरूनीले बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने र जसपाका यादवले थरूहट-अवध-मगरात नाम राख्न माग गर्दै संशोधन दर्ता गरेका छन् ।

आज दिउँसो १२ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन ।