जन्म दर्ता किर्ते गर्ने वडाध्यक्ष सुवेदी काठमाडौंबाट पक्राउ
धादिङ - धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई सार्वजनिक किर्ते मुद्दामा सात महिनापछि प्रहरीले काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको छ ।
लामो समयदेखि फरार सूचीमा रहेका सुवेदीलाई विशेष सूचनाका आधारमा शनिबार बिहान कलङ्कीबाट पक्राउ गरिएको हो ।
सुवेदीमाथि नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म प्रमाणपत्र बनाइ त्यसको आधारमा नागरिकता सिफारिस गराएर जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भएको थियो ।
प्रहरीका अनुसार उनले झुटो कागजात प्रयोग गरी नागरिकता बनाइ सोही नागरिकताका आधारमा सम्पत्ति कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धानका लागि धादिङ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस