काठमाडौं - नेकपा नेता योगेश भट्टराईले प्रतिनिधिसभाको बैठक आह्वान नगरेसम्म सडक नछाड्ने बताएका छन् । संसद विघटनको विरोधमा नेकपाले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

'जुन दिनसम्म प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ।' भट्टराईले भने ।

सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।