निजामती विधेयक पारित गर्ने राज्य व्यवस्था समितिको तयारी
काठमाडौं - संघीय निजामती सेवा विधेयकमाथि संसदीय समितिले करिब सहमति जुटाएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाका अनुसार विधेयक सहमति नजिक पुगेको हो ।
अब बस्ने अर्को बैठकबाट निजामती विधेयक पारित गर्ने राज्य व्यवस्था समितिको तयारी छ ।
समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा निजामती विधेयक टुंग्याउन लागेको हो ।
सभापति खतिवडाका अनुसार यही वैशाख १० गते बिहान ११ बजे समितिको बैठक बस्नेछ । उक्त बैठकबाट निजामती विधेयक पास गर्ने तयारी समितिको छ ।
संसदीय उपसमितिले पुरुष उम्मेदवारले ३५ वर्षसम्म लोकसेवाको अधिकृतमा प्रतिस्पर्धा गर्न पाउने प्रचलित व्यवस्थामै सहमति गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस