काठमाडौं - लकडाउनको मोटालिटी तय गर्न कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने भएपछि उच्चस्तरीय समितिको बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

सरकारले चौथोपटक थप गरेको लकडाउनको अवधि बिहीबार (२५ गते) सकिँदै छ।

आजको बैठकमा लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने विषयमा छलफल हुने ती अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयले प्रभाव क्षत्रका आधारमा लकडाउनलाई रेड, एल्लो र ग्रिन गरी तीन क्षेत्रमा वर्गाीकरण गर्नेगरी लकडाउनको प्रस्ताव तयार गरेको छ। आजको बैठकमा सो प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।