आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज स्कटल्यान्डसँग खेल्दै नेपाल
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 27
काठमाडौं - स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेलमा स्कटल्यान्डको सामना गर्दैछ ।
सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे, डुन्डी स्कटल्यान्डको मैदानमा हुनेछ ।
गत बुधबार स्कटल्यान्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो भने सो अघिको पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेर नेपालले आफूलाई बलियो टिमको रूपमा प्रस्तुत गरेको थियो।
आज पुनः नेपाल स्कटल्यान्डसँग भिड्न लागेको हो। नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ।
फेसबुक पेज Like गर्नुहोस