प्रहरीका एसएसपी सुशील यादव मृत फेला
खबर एक्सप्रेस
२०७८-०९-०९ ०२:२२ मा प्रकाशित
Total Shares: 312
काठमाडौं - नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । शुक्रबार दिउँसो निवासभित्र यादव झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।
संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनको मृत्युको एकिन कारण भने खुलेको छैन । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ । प्रहरीले घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरेको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस