दसैंअघि गाडी भाडा नबढ्ने
खबर एक्सप्रेस
२०७६-०५-२१ ११:०० मा प्रकाशित
Total Shares: 722
काठमाडौं - सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन्। यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ। ‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो।
भाडाबारे निर्णय सरकारले गर्छ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं।’ एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रुपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएइर छलफल गरिरहेका उनले बताए। दसैंमा उपत्यकाबाट करिब २०लाख यात्रु बाहिरिने गरेका छन्।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस