जाजरकोटमा कांग्रेस विजयी, नेकपाका शक्ति बस्नेत पराजित
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 9
जाजरकोट - जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्कबहादुर बुढाले पराजित गरेका हुन् ।
बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेत १७ हजार ४०७ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८३ मत ल्याएर तेस्रो हुँदा रास्वपाका राघब कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन् ।
यो संगै नेपाली कांग्रेसले देशभरबाट ६ स्थानमा जित हासिल गरेको छ भने १० स्थानमा अग्रता कायम राखेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस