रूपन्देही - लुम्बिनी सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र जसपाका १ जनालाई मन्त्री नियुक्त गरेका थिए ।