एजेन्सी - कोरोनाभाइरस अर्थात् कोभिड १९ को उद्गमस्थल चीनको वुहानमा शून्यमा झरेको छ ।

पछिल्लो केहिदिनदेखि चीनमा मृत्यु हुनेको संख्या १० भन्दा कम रहेको छ । पछिल्लो २४ घण्टामा चीनमा ७ जनाको मृत्यु भएको छ ।

कोरोनालाई शून्यमा झार्न सफल चीनले ७६ हजार २ सय ३८ जनालाई निको बनाएर अस्पतालबाट डिस्चार्ज गरेको छ । देशभर जम्मा २ हजारमा मात्र एक्टिभ केस छ ।

अहिलेसम्म कोरोनाको कारण चीनमा ३ हजार ३सय १२ जनाले ज्यान गुमाए भने ८१ हजार संक्रमित रहेका छन् ।

गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट इटलीमा सबैभन्दा धेरै १३ हजार १ सय ५५ मानिसको ज्यान गएको छ । त्यहाँ अझै पनि हजारौं संक्रमित कोरोनासँग जुधिरहेका छन् । त्यसैगरी, स्पेन, अमेरिकालगायतका देशहरूमा पनि कोरोना महामारी फैलिरहेको छ ।