पाल्पाको तानसेनमा पहिरोः तीन जनाको मृत्यु (अपडेट)
खबर एक्सप्रेस
२०७७-०३-०८ ०९:१४ मा प्रकाशित
Total Shares: 470
तानसेन - पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई जनाको शव सडक तलबाट यस अघी नै निकालिएको थियो । उनीहरुको अझै पहिचान खुल्न सकेको छैन । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा रोकिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको छ । अहिले त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस