अब दैनिक २५ किलो सुन ल्याउन पाइने
खबर एक्सप्रेस
२०८२-०६-२४ ०१:०८ मा प्रकाशित
Total Shares: 59
काठमाडौं- नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्याएको हो ।
अब देखि दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले २५ किलो आयात गर्न पाउने भएका छन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण हुँदै आएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस