भ्रष्टाचार मुद्दाको आधार छैन, चुनौतीको सामना गर्छु : माधव नेपाल
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताएका छन् ।
मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले गलत आरोपको डटेर सामना गर्ने बताएका हुन् ।
अहिलेसम्म एक पैसा घुस नखाएको बताउँदै उनले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छु ।’
आफूलाई अदालतले न्याय दिने र न्यायको जित हुनेमा विश्वासर रहेको बताए ।
असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक छैन भन्दै उनले आइलागेको चुनौतीको सामना गर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस