साउदी अरेबियामा १४ दिनसम्म सार्वजनिक यातायात बन्द
खबर एक्सप्रेस
२०७६-१२-०७ ०१:२८ मा प्रकाशित
Total Shares: 419
एजेन्सी - साउदी अरेबियाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने भएको छ ।
शनिबारबाट लागू हुने गरी साउदी अरेबियाले आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द गर्ने भएको हो ।
साउदी अरेबियामा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ । त्यहाँ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक भने अहिलेसम्म प्रकाशमा आइसकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस