सरकारलाई सांसद सिंहको प्रश्न : भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?
काठमाडौं-प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा सोमबार भएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै स्वतन्त्र सांसद सिंहले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।
उनले भुटानी शरणार्थी प्रकरणकै कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् ।
उनले भने, ‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ? वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’
वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको बताएका उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरे ।
फेसबुक पेज Like गर्नुहोस