राष्ट्रपतिले जारी गरिन् औषधिसम्बन्धी अध्यादेश
खबर एक्सप्रेस
२०७७-०८-०३ ०४:१९ मा प्रकाशित
Total Shares: 391
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न औषधिसम्बन्धी अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन्।
मन्त्रिपरिषदको सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई ध्यान दिँदै खोप छिटो नेपाल ल्याउने तयारीका लागि अध्यादेश ल्याउनुपरेको कार्यालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस