आफ्नै घरमा मृत भेटिए नेपाल प्रहरीका सई
खबर एक्सप्रेस
२०८०-०९-०८ ११:२५ मा प्रकाशित
Total Shares: 170
भक्तपुर - भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे भक्तपुरको सिपाडोलस्थित आफ्नो घरमा मृत फेला परेका हुन् ।
४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए।
घटनाको जानकारी लगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस