काठमाडौ - नेपाल विद्युत प्राधिकरण र व्यवसायीहरुबिच हुदै आएको विवाद सम्बन्धमा विद्युत क्षेत्रको नियमक निकाय विद्युत नियमन आयोगले डेडिकेटेड तथा ट्रंकलाइन सम्बन्धको विवादको समाधान हुने गरि निर्णय गरेको छ ।

आयोगले टिओडी मिटरको रिडीङ यकिन गर्ने र डेडिकेटेड तथा  ट्रंक लाइनको विद्युत महशुल उठाउने काम विद्युत प्राधिकरणको भएको  प्रष्ट पार्दै आयोगले मन्त्रिपरिषद, लेखा समिति र अदालतले समेत बक्यौता उठाउनुपर्ने भनिसकेकाले यस सम्बन्धमा आयोगले थप बोल्न नमिल्ने र  प्राधिकरण बढी जिम्मेवार हुनु पर्ने भनेको छ  प्राधिकरणकै कारण विवाद उत्कर्षमा पुगेको पनि आयोगको आसय छ भने  मन्त्रिपरिषद, लेखा समिति र अदालतको भन्दा फरक धारणा दिन नमिल्ने भन्दै आयोग जिम्मेवार भएको देखिन्छ ।

‘डेडिकेटेड फिडर तथा ट्रंक लाइनसम्बन्धि महशुलको बक्यौता उठाउनु पर्ने परिप्रेक्ष्यमा सम्मानित अदालत, लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालय तथा ने.वि.प्रा.मा गठित समितिहरुबाट बक्यौता उठाउने भनि निर्णय तथा निर्देशन प्राप्त भएकोमा विद्युत नियमन आयोगको यस सम्बन्धमा अन्यथा धारणा हुन नमिल्ने हुँदा तत्कालिन विद्युत महशुल निर्धारण आयोगको १०३औँ, १०४औँ तथा १०८औँ बैठकको निर्णय ‘लोडसेडिङ ६ घण्टा वा सो भन्दा बढी कायम भएको अवस्थामा २० घण्टा वा सो भन्दा बढी समय छुट्टै ट्रंकलाइनबाट निरन्तर विद्युत आपूर्ति लिने ग्राहकको महशुल डेडिकेटेड ग्राहकको सरह दर कायम गर्ने निर्णय भएकोमा’ सोको यकिन मिटर रिडिङबाट प्राधिकरणले गर्नुपर्ने तथा र आयोगद्वारा मिति २०७८र०५र२२ गते बसेको १३३औँ बैठकको निर्णय कार्यान्वयन गर्न गराउन प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा विद्युत महशुल निर्धाण आयोगले २०७२ सालमा गरेका निर्णयहरुमा अतित प्रभावीरुपले अन्यथा निर्णय गर्न कानूनतः नमिल्ने भएको तथा सम्मानित अदालतद्वारा विभिन्न समयमा भएका फैसला तथा आदेशहरुको परिपालना समेत हुने गरी काम कारबाही गर्न नेपाल विद्युत प्राधिकरणलाई पुनः निर्देशन दिने निर्णय आयोगको मिति २०८०र०९र१६ गते बसेको २१८औँ बैठकबाट भएको व्यहोरा अनुरोध छ’ आयोगको  निर्णयमा भनेको छ ।   

आयोगले आफ्नो निर्णयको बोधार्थ प्रधानमन्त्री कार्यालय,रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, मुख्य सचिव र विद्युत प्राधिकरणलाई समेत दिएको छ । आयोगको उक्त निर्णयले नेपाल विद्युत प्राधिकरण र व्यावसायिहरु बिच हुदै आएको विवाद समाधान गर्न महत्त्वपूर्ण भुमिका खेल्नका साथै देश र जनताको हितमा भएको विद्युत क्षेत्रका बिग्यहरुले बताउछन् ।