प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश पेस गर्दै गृहमन्त्री गुरुङ
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 41
काठमाडौं - संघीय संसद्को प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो २ बजे सुरु हुने बैठकमा सरकारका तर्फबाट महत्वपूर्ण अध्यादेशहरू प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
बैठकको सम्भावित कार्यसूचीअनुसार गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार कार्यसूचीको बुँदा नम्बर ७ अन्तर्गत ती अध्यादेश प्रतिनिधि सभामा पेश गरिनेछन्।
पेश गरिने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस