कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 46
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको सर्वदलीय बैठक बस्दैछ ।
कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न लागेको हो ।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज सवा ३ बजे बस्नेगरी बोलाइएको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए।
राईका अनुसार बैठकमा सदनको अवरोधका विषयमा र समसामयिक राजनीतिबारे छलफल हुनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस