छिटो बहस सक्न कानुन व्यवसायीहरूलाई प्रधानन्यायधीश राणाको आग्रह
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरुको सुनुवाईको क्रममा शुक्रबार प्रधानन्यायधीश राणाले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका हुन्।
१३ वटा रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेकाले अन्तिम फैसला आउन ढिला हुने भन्दै छोटो बहस गर्न आग्रह गरेका हुन्।
शुक्रबार बहसको लागि कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी उभिएका थिए । प्रधानन्यायाधीश राणाले १० मिनेटमा बहस सिध्याउन आग्रह गरेका थिए । अधिकारीले आफूलाई १५ मिनेट दिन आग्रह गरे । त्यसपछि प्रधानन्यायाधीशले भने, ‘हामीले पटकपटक भनिरहेका छौं । अवस्था यस्तै छ। तपाईंहरू झन्डै ३०० जना हुनुहुन्छ ।’
फेसबुक पेज Like गर्नुहोस