स्वास्थ्य सेवा विभागका महानिर्देशक मन्त्रालय तानिए
खबर एक्सप्रेस
२०७७-०२-२२ ०६:०४ मा प्रकाशित
Total Shares: 533
काठमाडौं - स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् । उनीसँगै व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल पनि मन्त्रालय तानिएका छन्
मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट उनीहरुलाई मन्त्रालय तान्ने निर्णय भएको हो । यस्तै प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालयमा तानिएको छ।
मन्त्रालयले विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा. रमेश खरेललाई जिम्मेवारी दिएको छ।
फेसबुक पेज Like गर्नुहोस