झापा - झापामा रास्वपाका एक स्थानीय नेता एमाले प्रवेश गरेका छन् ।

निर्वाचनको दौरानमा चर्चामा रहेको निर्वाचन क्षेत्र नं ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमाले प्रवेश गरेका हुन् । 

सोमबार खनाललाई  एमाले अध्यक्ष एवम सोही क्षेत्रका उम्मेदवार समेत रहेका केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै खनालले भने अहिले राष्ट्रियतामाथि नै आँच आउने घटनाहरु घटिरहेका छन् । यस्तो विषय परिस्थितिमा राष्ट्रियताको पक्षमा उभिने राष्ट्रवादी नेताहरुलाई सपोर्ट गरौँ भनेर मसहित केही साथीहरु एमाले प्रवेश गरेका हौँ ।

एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक घटनाक्रमले देशको राष्ट्रियतामाथि गम्भीर आँच पुर्‍याएको दाबी गरे ।उनले देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेको र यस्तो विषम परिस्थितिमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

सो क्षेत्रका केही एमाले र कांग्रेसका नेता यसअघि रास्वपा प्रवेश गरेका थिए।