काठमाडौं - उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।

सोमबार दिउँसो ट्विट गर्दै उपप्रधानमन्त्री पोखरेलले दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं भन्दै आह्वान गरेका छन् ।

'एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।' उनले ट्विटरमा लेखेका छन्,' त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं'

शनिबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अब सँगै जान नसक्ने भन्दै पार्टी फुटाएर जाने प्रस्ताव गरेका थिए । प्रचण्डले यो आईतबार बिहान खुमलटारमा सचिवालयको बहुमत सदस्य सहभागि भेलामा बताएका हुन् । त्यसपछि नेकपा फुटको संघारमा पुगेको भन्दै दोस्रो तहका नेताहरु चिन्तित भएका छन् ।