दैलेख - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथिको अत्याचार भएको टिप्पणी गरेका छन् ।

पार्टीको जागरण अभियानअन्तर्गत आइतबार दैलेख पुगेका प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

‘सरकारले राम्रो काम गर्ने कर्मचारीहरूलाई प्रताडित गर्ने, अत्याचार र अपमान गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘त्यो अत्याचार कुलमान घिसिङमाथि मात्रै गरिएको होइन, त्यो सम्पूर्ण नेपालीहरूको पहिचानमाथि गरिएको अत्याचार हो ।

उनले सरकारले आफ्नो नेतृत्वको सरकारले तय गरेका कार्यक्रमहरू हटाएको पनि बताए ।