काठमाडौं - एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरसँगको फाइनल खेलमा नेपालले टस हारेको छ ।

मलेशियाको बाङ्गीमा सिङ्कापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेट र सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।

समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।