काठमाडौं - काठमाडाैंकाे बुद्धनगर क्षेत्रमा पारिवारिक विवादपछि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४५ वर्षीय आश्विन राउतले शनिबार आफ्नै घरको भान्सामा गएर शरीरमा आगो लगाएका थिए ।

घटनापछि परिवार र स्थानीयको सहयोगमा उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार राउतको वीर अस्पतालमा उपचार भइरहेको छ । घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।